आफ्नै स-सानो घर लाग्छ प्यारो ,
प्यारी-प्रियाको डर लाग्छ प्यारो ।
जहाँ म जाऊँ अडिदैन चित्त ,
स्वदेशको नै भर लाग्छ प्यारो ।।
"खाऊँ र लाऊँ अनि घुम्न जाऊँ"
सन्तानको यो कर लाग्छ प्यारो ।
गाँसिन्छ नाता जब प्राणभित्र
नजीकभन्दा पर लाग्छ प्यारो ।।
मुन्डा पराया घर चाहिंदैन
स्वझोपडीको खर लाग्छ प्यारो।
बिर्सेर एकै पलमा विदेश
नेपालकै गौ-चर लाग्छ प्यारो ।।
प्यारी-प्रियाको डर लाग्छ प्यारो ।
जहाँ म जाऊँ अडिदैन चित्त ,
स्वदेशको नै भर लाग्छ प्यारो ।।
"खाऊँ र लाऊँ अनि घुम्न जाऊँ"
सन्तानको यो कर लाग्छ प्यारो ।
गाँसिन्छ नाता जब प्राणभित्र
नजीकभन्दा पर लाग्छ प्यारो ।।
मुन्डा पराया घर चाहिंदैन
स्वझोपडीको खर लाग्छ प्यारो।
बिर्सेर एकै पलमा विदेश
नेपालकै गौ-चर लाग्छ प्यारो ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼